राजनीति

ढुक्क हुनोस, सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाकै हुन्छ : उपप्रधानमन्त्री पोखरेल

सुनसरी, माघ १५ । उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उमेद्धवारलाई मात्र चिन्ने ठोकुवा गर्नुभएको छ । नेकपा सुनसरीले दुहवीमा आज आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेकपा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले यस्तो ठोकुवा गर्नुभएको हो ।

उहाँले सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुनेमा ढुक्क रहन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘ढुक्क हुनोस, सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीमाथि लगाएको आरोपपत्र फिर्ता लिएर चुनावमा आए पार्टी एकता नतोडिने जानकारीसमेत दिनुभयो । निर्वाचन आयोगमा गएर चुनाव नगर्न भनेर नधम्क्याउन समेत उहाँले प्रचण्ड–माधव समुहलाई चेतावनी दिनुभयो ।

जनीतिक रुपमा ‘कू’ गरेर अस्थिरता सुरु गर्न लागेको कारण सो कामका विरुद्ध ताजा जनादेशमा जानुपरेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ । उहाँले प्रचण्डको अस्थिर र ढुलमुले प्रवृति तथा माधवको कुण्ठै कुण्ठाको भारीका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको ठोकुवा पनि गर्नुभयो । प्रचण्डमा एउटा सहमति गर्ने अनि काम अर्को गर्ने प्रवृति चुनावदेखिनै देखिएका दृष्टान्तसमेत उहाँले राख्नुभयो । Pathivara News

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page