समाज

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज , १८ माघ । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साहको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page