समाज

सप्तरीको कञ्चनरुपमा अटो रिक्साले ठक्कर दिदा एकजनाको मृत्यु

रामनारायण यादव /
सप्तरी, माघ १८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा अटो रिक्साले पछाडिबाट ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग सडक खण्डमा शुक्रबार राति कञ्चनरुप नगपालिका–१० का २१ वर्षीय ब्रहम देव पासवानले स १ ह ८३८ नम्वरको अटो रिक्सा चलाउँदै गरेको अवस्थामा पैदल यात्रुलाई ठक्कर दिदाँ उनको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेशवर प्रसाद साहले जानकारी दिए ।
मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका –१२ का छुदी अलिको ३६ वर्षीय छोरा ईसराफिल अली रहेको प्रवक्ता सहाले जानकारी दिए ।
ठक्कर दिने अटो रिक्सा र चाकलाई ईलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page