समाज

वोनम्यारो रोग लागेका पिडित नेपालीको परिवारलाई १ लाख ३५ हजार आर्थिक सहयोग

उत्सव आचार्य /
कञ्चनरुप, माघ ११ गते ।
सानै उमेरमा छोरा राजिव नेपाली वोनम्यारो रोगबाट बिरामी भएपछि छोराको उपचार गर्न मोटो रकम लाग्ने भएपछि आर्थिक अभावका कारण छट्पटिरहेका पिडित सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित सितापुर बस्ने मनकुमार नेपालीलाई विभिन्न विद्यालय ,संघसंस्था तथा स्थानियहरुले आर्थिक सहयोग गरेका छन् ।
आइतबार एक कार्यक्रमका बीच नेपालीलाई आर्थिक सहयोग गरेका हुन ।
स्थानियहरुले भने समाजका एकजना युवा मृत्युको शैयामा भौतारीरहेका छन्, हाम्रो थोरै थोरै सहयोगले उनको जीवन बच्न सक्छ भने हामीले सहयोग किन नगर्ने ? आर्थिक सहयोग जुटाउन विद्यालय , युवा, महिला , अगुवा व्यक्तित्वहरु खटी आर्थिक संकलन गरी पिडितलाई आर्थिक सहयोग गरेका छन् ।

शंकर माध्यमिक विद्यालय कञ्चनरुप –१२ रुपनगरका विद्यार्थीहरुबाट संकलन गरिएको १४ हजार ६ सय ३०, सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल दौलतपुरका विद्यार्थीहरुबाट संकलन गरिएको ४ हजार २ सय १०, महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप –६ बलुवा सितापरका विद्यार्थीहरुबाट संकलन २ हजार ९५, रामजानकी बचन तथा ऋण सहकारी संस्था सितापुरबाट पाँच हजार , वडा नम्बर ७ र १२ का स्थानियहरुबाट संकलन गरिएको ८९ हजार २ सय ७० रुपैयाँ , अमेरीकामा बस्ने नेपाली चेली निशिला कार्कीबाट १० हजार र अमेरीकामा बस्ने गणेश विष्ट बाट रु १० हजार गरी जम्मा भएको १ लाख ३५ हजार २ सय ५ रुपैयाँ समाजसेवी प्रमोद कटुवालले मनकुमार नेपालीलाई हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि पनि समाजसेवी देवनारायण श्रेष्ठको नेतृत्वमा १५ हजार ५ सय आर्थिक संकलन गरी आर्थिक सहयोग गरिएको थियो ।
सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा उपचारका लागि एक महिना अगाडि भर्ना गरिएका नेपालीका १६ वर्षीय छोरा राजिव नेपालीको पूर्णरुपमा उपचार हुनका लागि ५० लाख लाग्ने डाक्टरले भनेको नेपालीले बताउनुभयो ।
नेपाालीको घोपामा उपचार हुन नसकेपछि आज आइतबार थप उपचारका लागि काठमाडौं स्थित रहेको सिभिल अस्पताल लाने तयारी भएको परिवारले जनाएको छ ।
राजिव नेपालीलाई वोनम्यारो रोग लागेपछि उनको परिवार ज्यादै चिन्तित भएको छ ।

ज्यालामजदुरी गरेर घरको जिविकोपार्जन गर्दै आएका मनकुमारलाई एक्कासी छोराको उपचारका लागि ठुलो खर्च लाग्ने भएकाले त्यत्रो ठुलो रकम जम्मा गर्न आफू नसक्ने भएकाले प्रभु बैंकमा रहेको खाता नम्बर ०५४०१३०३९१७०००१२ मा रकम जम्मा गरी आफ्नो छोरालाई बचाइदिन देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page