समाचार

मधेशमा प्रधानमन्त्री ओलीको समर्थनमा उर्लियो जनसागर

सप्तरी , माघ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सिरहामा मानवसागर उर्लिएको छ । शहीद हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसर पारेर आज नेकपा सिरहा जिल्लाको आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीलाई साथ दिँदै हजारौं सिरहाका जनता सभामा उर्लिएका हुन ।
विकास प्रेमी राष्ट्रवादी प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सिरहाका गाउँगाउँबाट जनता स्वतःस्फूर्त रुपमा आएका हुन । सभामा विशाल उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले आगामी चुनाव एक दिन पनि पर नसर्ने बताउनु भएको छ । धनुषाको ढल्केवरमा सोमबार देशकै सबैभन्दा ठूलो विद्युतीय सव–स्टेशन उद्घाटन गर्दै उहाँले निर्वाचन आयोग तयारीमा जुटेकाले धनुषामा बैशाख १७ गते नै चुनाव हुने जिकिर गर्नुभयो ।
दाहाल–नेपाल समूहतर्फ ईङ्कित गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र अवसरवादीहरुले उपद्रो गरेर, सरकारलाई गाली गरेर काम गर्न नदिदा पार्टी चल्छ ?, भन्दै प्रश्न गर्नुभयो । पशुपतिमा १ सय ५१ किलोको सुनको जलप हालिदिन्छु भन्दा विरोध गरेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ कामको लागि पूरानो परम्परा भत्काउनु पर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेशमा सडक र सिंचाइको राम्रो व्यवस्था आफ्नै पालामा भएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तराई –मधेशमा केही समूहले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति व्यक्त गर्नुभयो । “केपी ओलीलाई मधेश विरोधी भनेर प्रचार गर्नेहरुले ती मधेशप्रेमी मधेशका गरीब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ रु सक्नुहुन्छ भने लु हेरौंँ त कत्तिको मधेशप्रेमीहरु हुनुहुँदोरहेछ ।”प्रधानमन्त्रीले आफ्नो सरकारले तराई– मधेशमा बाटो, ढल र सिंचाइका आयोजना बनाएको बताउँदै खेतलाई सिंचित गर्न पहाड छेडेर कोशी ल्याइने जानकारी दिनुभयो ।

उहाँले पुराना दिन याद गर्दै भन्नुभयो, “यही ढल्केवरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ । ” प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैँ आउने बताउँदै भन्नुभयो, “तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुई वटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page