समाचार

सप्तरीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको घटनास्थलमै मृत्यु

कञ्चनरुप, माघ २१ गते । सप्तरीमा मोटरसाइकल र बोलेरो एक आपसमा ठोकिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका १ भारदहमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु २५ प ५७१२ नम्बरको मोटरसाइकल तथा बिपरित दिशाबाट आउँदै गरेको को १ ज ३१९९ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रङगेली नगरपालिका ८ का ३७ वर्षीय भिमराज राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
ठक्कर दिने बोलेरो तथा बोलेरो चालक धनकुटाको पाख्रावास नगरपालिका ४ का ३९ वर्षीय तोर्ण निरोला प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक थप अनुसन्धान कार्य भइरहेको डिएसपि साहले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page