शिक्षा

सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप ९ रघुनाथपुरमा छात्रवृत्ति वितरण

कञ्चनरुप, २०७७ माघ २५ गते । गरिब ,दलित, महिलाहरु शिक्षामा पहुँच नभएकै कारणले गर्दा पछाडि पर्ने गरेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
आइतवार सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप ९ रघुनाथपुरमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले सो कुरा बताउनुभएको हो ।
उहाँले गरिब, दलित र महिलाहरुको शिक्षामा पहुँच होस भनेर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर कामगरिरहेको बताउनुभयो ।

नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यले हामी अहिले एक्काइसौं शताब्दीमा हिडिरहेका छौं इन्टरनेट र कम्प्युटरबाट काम गर्ने जमाना आइसकेको अवस्थामा अभिभावकहरु आफ्ना छोराछोरीलाई पढ्नका लागि विद्यालय पठाउदैनौ भने यो भन्दा ठुलो विडम्बना अरु के नै हुन सक्दछ भन्दै शिक्षा बिना मानवको जीवन अन्धकारमय हुने भएकाले अभिभावकहरुले विशेष निगरानीका साँथ आफ्ना छोराछोरीहरु विद्यालय जाने वातावरण सृजना गर्नु पर्नेमा जोड दिनुभयो ।
शिक्षा शाखाका ललितनारायण यादवले सरकारले गरिब दलित र महिलाहरुलाई पढ्न सजिलो होस् भनेर छात्रवृत्ति र दिवा खाजाको व्यवस्था गरेको छ , नगरपालिकाले न्यानो लुगा र व्याग दिइरहेको छ त्यही पनि हामी आफ्ना छोराछोरीलाई पढाउदैनौं यस्तो सजिलो अवस्थामा पनि छोराछोरीलाई विद्यालय नियमित रुपमा नपठाउनु दुरभाग्य रहेको बताउनुभयो ।
प्रति विद्यार्थी ४ सयका दरले ५३ जना विद्यार्थीलाई २१ हजार २ सय छात्रवृत्ती वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शैयद अलीले बताउनुभयो ।
विद्यालयका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामदेव सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page