समाचार

अनलाईन कक्षा संचालनको शुल्क नियमित रुपमा भौतिक कक्षा संचालन गरेजस्तै लिनु कदापी न्यायोचित नरहेको :अनेरास्ववियू

सप्तरी । कोभिड १९ को कारणले गत चैत्रबाट लकडाउन भएपछि यातायात, शैक्षिक संस्था आदि बन्द भएपछि पूर्वाञ्चल विश्वविधालयमा अध्यनरत हजारौं विधार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त भएको थियो । बैकल्पिक माधयमबाट (अनलाईन पढाई र परीक्षा ) संचालन गरेर नियमित शैक्षिक गतिविधी संचालनमा विश्वविधालय लाग्नु सुखद कुरा थियो तर त्यसरी अनलाईन कक्षा संचालनको शुल्क नियमित रुपमा भौतिक कक्षा संचालन गरेजस्तै लिनु कदापी न्यायोचित नरहेको विज्ञप्ती मार्फत अनेरास्ववियूले भनेको छ‌ ।
विज्ञप्तीमा भनिएको छ हाल कलेजहरुले विधार्थीलाई शुल्क तिर्न भन्दै मानसिक तनाव दिएको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एकातर्फ कोभिडको मारमा विधार्थी तथा अभिभावक रहेको र अनलाईन कक्षाको नाममा विधार्थीले भारी शुल्क लिने कुरा उचित नभएकोले विधार्थीको उक्त समयको सम्पूर्ण शुल्क मिनाहा गर्न व्यवस्था मिलाउन अनेरास्ववियूले विश्वविधालयसँग जोडदार माग गर्दै आंगिक तथा सम्बन्धनप्राप्त सम्पूर्ण कलेजले समेत यो व्यवस्थाका गर्नका लागि हार्दिक आग्रह समेत गरेको छ ।
अनेरास्ववियू आम बिधार्थीको आसा, विश्वास र भरोसाको केन्द्रविन्दु रहिआएको र विगत लामो समयदेखि निरन्तर,विधार्थीका हक अधिकार रक्षा गर्दै गुणस्तरीय शिक्षा, राष्ट्रियता,जनजिविका ,सामाजिक न्यायको पक्षमा संर्घष गर्दै आएको अनेरास्ववियू केन्द्रीय सदस्य वालकुमार केसीले बताएका छन ।
साथै विद्यार्थीहरुको शुल्क शुल्क मिनाहा नभए थप कडा संर्घषका कार्यक्रम घोषणा गर्न बाध्य हुने जानकारी समेत गर्दै विगतमा अनेरास्ववियुसंग भएका सम्पूर्ण सहमति कार्यान्वयनका लागि यथासिघ्र ब्यवस्था मिलाउनुहुन विज्ञप्तिमार्फत अनेरास्ववियू पूर्वाञ्चल विश्वविधालय राष्ट्रिय कमिटि अध्यक्ष रोसन भट्टराईले अनुरोध समेत गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page