शिक्षा

महेन्द्र जनता माध्यमिक विद्यालय घोघनपुर वलुवाद्वारा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

उत्सव आचार्य /
कञ्चनरुप , २ फागुन २०७७ ।
आर्थिक उन्नतीका लागि शिक्षा आवश्यक रहेकाले शिक्षाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो ।
आइतवार सप्तरीको महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप ६ घोघनपुर वलुवाद्वारा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी बनाउन शिक्षक र अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

वडा नम्बर ६ का वडा अध्यक्ष मो. जिवरीलले अभिभावकहरुले आफ्ना छोराछोरीको पढाइ प्रति विशेष निगरानी गर्नुपर्ने बताउँदै शिक्षकहरुले राम्रो शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षा शाखाका ललितनारायण यादव , नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्य, समाजसेवी समानन्द चौधरी, लक्ष्मी चौधरी लगायतका वक्ताहरुले गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले २१ औं शताब्दीमा प्राविधिक शिक्षा तर्फ जोड दिनुपर्ने विचारहरु राख्नुभएको थियो ।
कक्षा १ देखि कक्षा ८ सम्म दलित छात्रवृत्ति १ सय ८२ विद्यार्थीलाई, प्रति विद्यार्थी ४ सयका दरले ७२ हजार आठ सय , कक्षा १ देखि कक्षा ८ सम्म अन्य छात्रालाई छात्राावृत्ति १ सय २० जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ सयका दरले ४८ हजार र कक्षा ९ देखि १० सम्म दलित छात्रवृत्ति ४१ ज्ना विद्यार्थीलाई प्रति विद्यार्थी ५ सयका दरले २० हजार पाँच सय , कक्षा ९ देखि १० सम्मका अन्य छात्राहरुलाई छात्रावृत्ति ३८ जना विद्यार्थीलाई प्रतिविद्यार्थी पाँच सयका दरले १९ हजार गरी १ लाख ६० हजार तीन सय रुपियाँ छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक मो. सलिमले जानकारी दिनुभयो ।
त्यसैगरी कक्षा १ देखि कक्षा ९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एक जना छात्र र एक जना छात्रालाई सुन्दर स्मृति पुरस्कार प्रदान गरिएको थियो । कक्षा सातबाट ८ मा ९३.५६ प्रतिशत अंक ल्याई उत्तिण भएका सुदिप कुमार चौधरी र कक्षा ४ बाट ५ मा जादा ९२.३ प्रतिशत अंक ल्याई उत्तीण भएकी मोनालिसा सिंहलाई जनही १ हजार र प्रमाणपत्र सहित सुन्दर स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।

कक्षा ११ की पुष्पा कुमारी सरदार र चाँदनी कुमारी सरदार तथा कक्षा १२ का विनानन्द चौधरी र अमेरिका कुमारी रामलाई जनही नगद रु एक हजार र प्रमाणपत्र सहित पवनी देवी थरुनी र तिलक स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
२०७६ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने सुरेन्द्र ठाकुर र सन्जना चौधरीलाई चाँदीको मेडल र प्रमाणपत्र सहित गोविन्द स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
स्वागत मन्तव्य शिक्षक श्याम कुमार यादवले गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक रमेश तिमिल्सिनाले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page