समाचार

तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु

तेह्रथुम , फागुन ०२ गते । तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु भएको छ । लालिगुरास ५ स्थितमा बस्ने ७३ वर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको हो ।
आज रातीको समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page