समाचार

विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न

कञ्चनरुप , २ फागुन २०७७ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित धारापानी सामुदायिक भवनमा संकटासन्नता जोखिम मुल्याङ्कन तथा स्थानिय विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
आइतवार कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाको आयोजनामा भएको गोष्ठिमा विपद व्यवस्थापनका लागि सरोकारवालाहरुसँग सम्बन्ध विस्तारमा सहयोग पु¥याउने , मानविय आर्थिक तथा अन्य श्रोत साधन पहिचान एवम् संकलनमा मद्धत गर्ने, संकटाभिमुखता न्यूनिकरण गर्ने आधार तयार गर्ने, पूर्वी सावधानी अपनाई प्रकोप प्रभावित हुनसक्ने ठाउँका मानिसहरुलाई सुरक्षित स्थानमा लैजान पूर्वी तयारीको खाका तयार गर्ने विषयमा छलफल भएको थियो ।
यसैगरी विपदको समयमा उद्धार गर्न चाहिने वस्तुको जोहो गर्न , हराएका मानिसहरुको खोजी गर्न र राहतका क्रियाकलापहरु अघि बढाउँन, सामुहिक सक्रियता देखाउने जस्ता उदेश्य र महत्वका बारेमा एमआर डिएकका डा. शालु अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्तकुमार मिश्रले विपदमा कसैले पनि पक्षविपक्ष नगरी आवश्यक सहयोग गर्न पछाडि पर्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो –विपदको समयमा जब हामीले एकता भएर यसको हल गर्ने तर्फ उन्मुख हुनुपर्छ अनिमात्र न्यूनिकरण हुन्छ ।
विपद व्यवस्थापन र न्यूनिकरणमा केही उदाहरण पस्कदै नगर प्रमुख मिश्रले सही तरिकाले काम गरेमा राम्रो परिणाम प्राप्त हुन्छ र सबैको कल्याण हुन्छ भन्नुभयो । नागरीकको हित र कल्याणका लागि आफूले सबै पक्षमा ध्यान पु¥याई त्यसबाट प्राप्त हुने फाइदाका लागि लगानि गर्न प्रेरित भएको संक्षिप्त जानकारी दिदै सकारात्मक सोच र विचारले हिडे समाजको परिवर्तन हुने उहाँको धारण रहेको थियो ।

कार्यक्रमलाई स्वागत गर्दै नगर उपप्रमुख निरु पोखरेलले जलवायु परिवर्तनले गर्दा विभिन्न खाले जोखिम बढेर गएको बताउनुहुदै उहाँले यसको न्यूनिकरण गर्ने कार्यमा नजुट्ने हो भने समाजले खतरायुक्त भोग्न बाध्य हुने बताउनुभयो ।
कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाका वडा अध्यक्षहरु , वडा सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु , सामुदायिक वनका पदाधिकारीहरु, सञ्चारकर्मीहरु लगायत सहभागि कार्यक्रममा अक्सफाम नेपालका जलवायु परिवर्तन प्राविधिक संयोजक संजय परियार , हिमालय कन्जरभेसन ग्रुप नेपालका चाँदनी भण्डारी, सानु थापा , एमआर डिएकका सुदिप आचार्य, रेशम बिक, रोहित झा, हेमन्त जोशी, कोसी पिडित समाज सप्तरीका देवनारायण यादव, चन्द्रकिशोर कल्याणले सहजीकरण गर्नुभएको थियो ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको युरोपियन युनियन र अक्सफाम नेपालको आर्थिक सहयोग तथा केशी पिडित समाज सप्तरीको साझेदारी रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page