समाचार

बहुबिवाह मुद्दाका फरार एक प्रतिवादीलाई कारागार चलान

राम नारायण यादव/
राजविराज ।
बहुबिवाह मुद्दाका फरार एक प्रतिवादीलाई कारागार चलान गरिएको छ ।
बहुबिवाह मुद्दामा अदालतबाट दोषी ठहर भएका सुरुङ्गा नगरपालिका वडा नम्बर ७ बसनपट्टि निवासी उमेश कुमार चौधरीलाई कारागार चलान गरिएको हो ।
सप्तरी जिल्ला अदालतले २०७६ पुस ८ मा गरेको फैसला अनुसार बहुबिवाह मुद्दाका प्रतिवादी चौधरीलाई १ बर्ष १ महिना कैद र रु पाँच हजार जरिवाना गरेपछि उनी १ बर्ष देखि फरार थिए ।
पक्राउ परेका चौधरीलाई राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।
चौधरीलाई २०७६ भदौ १२ मा प्रहरीले पक्राउ गरेपछि उनलाई सप्तरी जिल्ला अदालतले रु ५० हजार धरौटी लिएर तारेखमा छोडने आदेश दिएको थियो ।
फरार भएका चौधरीलाई बिशेष सूचनाका आधारमा कडरबोनाबाट खटिएको प्रहरी टोलिले गत शनिबार उनकै गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।
फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको प्रहरीको भनाई छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page