शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
समाचार

सप्तरीको राजगढ गाउँपालिकाको एक विद्यालयमा विवाहको टेन्ट लगाउदा दुई दिन पठनपाठन अबरुद्ध

विद्यालयमा विवाहको टेन्ट लगाउदा दुई दिन पठनपाठन अबरुद्ध
विद्यालयमा विवाहको टेन्ट लगाउदा दुई दिन पठनपाठन अबरुद्ध

सुधा देव /
राजविराज , १० फागुन ।
सप्तरीको राजगढ गाउँपालिकाको कमलपुर बनैनियामा रहेको श्री खुशीलाल जगरनाथ शक्ति आधारभूत विद्यालयको प्रांगणमा विवाहको टेन्टलगाएपछि २ दिनदेखि पठनपाठन अबरुद्ध भएको छ ।
सोही ठाउँका रामकुमार मण्डलले आफ्नी छोरीको विवाहको लागि शुक्रबार बेलुका टेन्ट लगाएपछि आईतबार र सोमबार दुई दिन पठनपाठन बन्द भएको हो ।
विद्यालयका प्रधानाध्यापक रविन्द्र यादवले पठनपाठन अबरुद्ध गरेर टेन्ट नबनाउन आग्रह गरेपनि शुक्रबार राति मण्डलले विद्यालयको गेटको ताल्चा फुटाइ जवरजस्ति टेन्ट बनाएको हो ।
पठनपाठन बन्द हुने गरि विद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाईने प्राबधान रहेपनि सो प्राबधान बिपरित टेन्ट निर्माण गरेपछि प्रधानाध्यापकले कार्वाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतवार निवेदन दिनुभएको थियो ।
ईलाका प्रहरी कार्यालय पातोले मण्डललाई आईतबारै बोलाए सोधपुछ गरेका थिए । छोरीको विवाह भएकैले स्थानीयको सहयोगमा इलाकाबाट मण्डल तत्कालै फर्केर आएको स्थानीयको भनाइ रहेको छ ।
वडा अध्यक्ष ललित कुमार सिंहले छोरीको विवाहको लागि टेन्ट लगाई सकेकोले भत्काउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो यस्ता का्र्यक्रमहरूमा यसरी जवरजस्ती टेन्ट लगाउँने, विभिन्न कार्यक्रम गरियो भने पठनपाठन अबरुद्ध भएर विद्यार्थीको भविष्यमाथि खेलवाड हुने भएकोले स्थानीय सरोकारवालाहरू बसेर यश विषयमा ठोस निर्णय लिनु पर्छ ।
कोभिड १९ कोरोनाका कारण यश जिल्लाका विद्यालय ८ महिनासम्म बन्द भएपछि विद्यार्थीको पठनपाठन पूर्णरूपेण अबरुद्ध भएको थियोे ।
अहिले विद्यार्थीको पठनपाठन तिब्र गतिमा हुनुपर्ने ठाउँमा यस्ता गतिविधिले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भईरको स्थानीयहरूको गुनासो रहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page