समाचार

सप्तरीबाट नेत्रबिक्रम चन्द विप्लव समूहका सप्तरी जनसता प्रमुखसहित तीन जना पक्राउ

सप्तरी , १५ फागुन । सप्तरी प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरी जनसता प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श भनिने रामनाथ मण्डल, जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र बिष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
जनप्रतिनिधि र कार्यालय प्रमुखहरुलाई धम्की दिएर चन्दा मागेको भन्दै आएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको साहले बताउनुभयो ।
उनीहरुको साथबाट चन्दा माग्न र धम्की दिने प्रयोग गरिएको चार थान मोबाईल, जन बिद्रोह लेखिएको किताब, बिर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यताको ठेली बरामद भएको छ ।
तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page