समाज

कोशी नदीमा गलिसकेको अवस्थामा पुरुषको वेवारिसे शव फेला

कञ्चनरुप , फागुन १६ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित कोशी नदीमा एक वेवारिसे पुरुषको शव फेला परेको छ ।
नदीमा बगेर आएको करिब ३५ वर्षीय पुरुषको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा अनुहार र अन्य भागहरु गलिसकेको अवस्थामा फेला परेको जनाइएको छ । शवको हालसम्म पहिचान हुन सकेको छैन भने शव पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र शव बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page