समाज

नेपालको पहिलो चार्टड एकाउटेन्ट कुबेरप्रसाद शर्माको ८१ वर्षको उमेरमा निधन

सप्तरी । नेपालको पहिलो चार्टड एकाउटेन्ट (सिए) तथा पूर्व पर्यटनमन्त्री कुबेरप्रसाद शर्माको ८१ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको छ ।
उपचारको क्रममा रहनुभएको शर्माको हृदयघात भई काठमाडौंमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माको पुख्र्यौली घर सप्तरीको राजगढ गाउँपालिकास्थित नर्घो टोल हो ।
राजविराज नगरपालिका–३ मा समेत घर रहेको उहाँ बानेश्वर हाइट, काठमाडौंमा बस्दै आउनुभएको थियो । सन् १९३७ जुन १९ मा सप्तरीको नर्घोमा जन्मनु भएको शर्माका श्रीमती र तीन छोरी छन् ।
बिकम र एफ.सिए. गर्नुभएको शर्मा नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन् ।
उहाँको आज शनिवार अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page