समाचार

सप्तरीबाट स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एक महिला पक्राउ

सप्तरी , १७ फागुन । सप्तरीको सीमावर्ती क्षेत्रमा हुण्डी कारोबारमा वृद्धि भएको छ ।
आज सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षीया गीता देवी महतो रहेकी छन् । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको र बरामद रकमसहित उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।
सप्तरीसँग सीमा जोडिएको कुनौली नाका हुँदै यसअघि पनि विभिन्न सामानको तस्करी हुँदै आएकोमा पछिल्लो पटक हुण्डी कारोबार हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page