समाचार

प्रेस संगठन नेपाल सप्तरीद्वारा निर्वाचन तयारी समिति चयन

डम्बर राई /
कञ्चनरुप / सप्तरी , फागुन १८ गते ।
प्रेस संगठन नेपाल सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अधिवेसनमा आफ्नो संगठनको तर्फबाट भूमिका निर्वाह गर्न तयारी समिति गठन गरेको छ ।
सञ्चारकर्मी मनोहर पोखरेलको संयोजकत्वमा मंगलवार राजबिराजमा गठित तीन सदस्य तयारी समितिको सदस्यमा सञ्चारकर्मीद्वय सुखराम यादव र डम्बर राई रहेका छन् । यहि २०७७ चैत्रमा हुने भनिएको शाखाको अधिवेसनलार्ई भव्य र सभ्य बनाउँन सहयोग पुर्याउँदै शाखामा महत्वपूर्ण जिम्मेवारीका लागि प्रेस संगठन नेपालले पहल गर्ने छलफल भएको छ ।
बिगत बर्षहरु झैं यस पल्ट पनि कार्य समिति, प्रदेश र केन्द्र पार्षदका लागि चुनावी चलखेल नहोला भन्न नसकिने सम्भावनाले गर्दा तालमेलको आवश्यक्ता रहेको केन्द्रिय पार्षद सुखराम यादवले बताए ।
सञ्चारकर्मी उत्तम आचार्यले पत्रकारहरुको सिङ्गो छाता संगठनलाई निष्पक्ष ढंगले चलाउँन इमान्दारीता र नैतिकतावान व्यक्ति अपरिहार्य छ तसर्थ सबै पत्रकार संगठनबाट यस्ता गुणसँगै योग्य व्यक्तिको माँग गरेका छन् ।
पे्रस संगठन नेपाल, प्रेस युनियन नेपाल, प्रेस फोरम नेपाल र केहि स्वतन्त्र पत्रकार मञ्च गरी सप्तरीमा ९५ जना पत्रकारहरु रहेको शाखाले जनाएको छ । देशैभरी एकैदिन निर्वाचन हुने छ र प्रदेश र केन्द्रका लागि पनि उम्मेदवार जिल्लाले नै पठाउँने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page