समाचार

रुपनी गाउँपालिकामा विभिन्न शाखाका कर्मचारीहको सरुवा प्रति जनप्रतिनिधिहरुको आपत्ति

राजविराज , फागुन १८ गते । सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई सरुवा गरेको प्रति निर्वाचित जनप्रतिनिधिहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेणुका शाहले एकल निर्णय गरी विभिन्न शाखाका कर्मचारीहरुलाई सरुवा गरेको भन्दै निर्वाचित एक दर्जन जनप्रतिनिधिहरुले मंगलबार रुपनी गाउँपालीका सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीय निकाय संचालन भएदेखि कार्यरत कर्मचारीहरुले कुशलतापु्र्वक सेवा दिदै आएको बताउँदै गाउँपालीकाका प्रमुख प्रसासकिय अधिकृत रेणु साहको एक्कल निर्णयमा सवैलाई सरुवा गरेको ,ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
निर्वाचित वडा अध्यक्षहरुलाई वेवास्ता गर्दै जनतालाई अनावश्यक दुख दिने नियतले स्थानीय सरकारको मर्म र भावना विरुद्ध कार्य गरेको तथा राजनैतिक पुर्वाग्राही भावनाले अन्य राजनैतिक ब्यक्तिको दवावमा पायक पर्ने कर्मचारीलाई आफनो स्वार्थ पुरा गर्न नेपाल सरकार र स्थानीय सरकारको निति ,नियम ,मर्मलाई वेवास्ता गर्दै गाउँपालिकालाई भत्ताभुङ्ग गर्न खोजेको भन्दै सो ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउनेमा रुपनी गाउँपालिका वडा न. ३ का वडाअध्यक्ष अमर मुखिया ,४ का वडा अध्यक्ष छेदी इसर , ५ का वडा अध्यक्ष जगदिश दास ,६ का वडाअध्यक्ष बद्री नारायण चौधरी ,कार्यपालिका सदस्यहरु ज्ञानेन्द्र प्रसाद ईसर ,सिता देवी साह ,भुपिया देवी खंग ,देवकी देवी ,रामकुमारी सदा र लिला देवी साह लगायत रहेका छन् ।
संयुक्त रुपमा हस्ताक्षर गरी बुझाईएको ज्ञापन पत्रमा आफ्ना मागहरु सात दिन भित्रमा पुरा नगरे गाउँपालिका विरुद्ध जस्तो सुकै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उक्त ज्ञापन पत्र जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोधार्थ गरीएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page