समाचार

कटुवा पेस्तोल सहित राजविराजबाट दुई जना पक्राउ

राम नारायण यादव /
राजविराज, २३ फागुन ।
कटुवा पेस्तोल सहित राजविराजबाट शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई आइतबार सावर्जनिक गरेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ७ बस्ने भोगेन्द्र प्रसाद शर्माको २० वर्षीय छोरा महेश कुमार शर्मा र वडा नम्वर ५ बस्ने विरेन्द्र साहको १९ वर्षीय छोरा प्रमोद साह रहेका छन् ।
उनीहरुलाई राजविराज नगरपालिका वडा नम्वर ६ बाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ थान गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
विशेष सूचनाको आधारमा खटेको वडा प्रहरी कार्यालय राजविराजका प्रहरी टोलिले उनीहरुलाई स ७ प ९६७० नम्वरको मोटरसाइकलमा जाँदै गरेको अवस्थमा चेकजाँचको क्रममा उनीहरुको साथबाट कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोलि समेत बरामद भएको हो । उनहिरु उपर हातहथियार खरखाजाना मुद्दा चलाउने तयारी भईरहेको सप्तरीका प्रहरी उपरिक्षक धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page