समाचार

कृषी मन्त्री साहद्वारा अति बिपन्न तथा कोरोना प्रभावित परिवारलाई राहत वितरण

बृजमान तामाङ /
बिरेन्द्र बजार, २९ फागुन ।
सप्तरीको महादेवा गाउँपालिकामा शनिबार प्रदेश नम्बर २ का भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अति बिपन्न तथा कोरोना प्रभावित परिवारलाई राहत बितरण गर्नुभएको छ ।
नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाको सहयोगमा महादेवा गाउँपालिकाका अति बिपन्न तथा कोरोना प्रभावित २ हजार १ सय १० परिवारलाई मन्त्री साहले राहत वितरण गर्नुभएको हो ।
महादेवा गाउँपालिकाको बतनाहामा आयोजित एक कार्यक्रमका बिच मन्त्री साह र महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले संयुक्त रुपमा प्रती परिवार १० हजारको दरले राहत सामाग्री प्रदान गर्नुभयो ।
अति बिपन्न तथा कोभिड १९ प्रभावित परिवारलाई मन्त्री साह र अध्यक्ष यादवको पहलमा नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाले सहयोग गरेको गाउँपालिकाले जनाएको छ । राहत बितरण गर्दै मन्त्री साहले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । संस्थाले गरेको सहयोगले अति बिपन्न तथा कोरोना प्रभावित परिवारलाई ठूलो राहत मिलेको बताउदै मन्त्री साहले संस्थाका प्रतिनिधिहरुको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा चामल, दाल कमल, स्यानिट्याजर, तेल, नुन लगायतका गरि १० हजार बराबरको खाध तथा गैर खाध सामाग्री राहत स्वरुप प्रदान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page