समाचार

सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराइने

डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ३ चैत्र २०७७ ।
भूमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य जगदेव यादवले सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई एउटा घर निर्माण गर्ने जग्गाको धनीपुर्जा उपलब्ध गराएरै छाड्ने प्रतिबद्घता जनाउनुभएको छ ।
मंगलवार कञ्चनरुप नगरपालिकामा भुमी आयोगद्घारा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथीको आसनबाट यादवले भने, यसमा कुनै दलको वा कसैको जवरजस्ती सिफारीसमा बिना रेकर्डका व्यक्ति वा घर परीवारलाई सेवा प्रदायक बनाइने छैन । निष्पक्षरुपमा सत्य तथ्य डाटा निकालेर काम गर्न स्थानिय तहका जनप्रतिनिधिहरुसंग आग्रह गर्दै यादवले राजनीतिकरणबाट जोगाए मात्र सहि सुकुम्वासी र अव्यवस्थित वसोवासीले भुमी पाउँने बताउनुभयो ।

सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराइने

उहाँले पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले मुलुकमा आफ्नो गाउँ आफै बनाऔं भन्ने कार्यक्रम चलाएर अविस्मरणिय काम गरेको बताउँदै सो प्याकेज अन्तर्गत हामी आफ्नो गाउँको विकास गर्न जुट्यौ साथै समाजमा बसोवास गर्दै आएका गरीव, विपन्न तथा सुुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई पनि बुझ्न थालेका छौं ।
अब यहि बुझाईसंगै समाजमा हामीले यस्ता असहय व्यक्तिलाई सहयोग पुर्याउँने छौं, यादवले भन्नुभयो, यो मैले विश्वास लिइएको छु साथै आयोगको काममा कार्यपालिका र यस मातहतका समितिहरुले जिम्मेवारीका साथ लाग्नुस् ।
भुमी आयोग सप्तरीका अध्यक्ष देव नारायण चौधरीले यो आयोग पहिलाको जस्तो सरकार परिवर्तन हुँदा आयोग पनि परिवर्तन हुने र थालिएका कामहरु पनि अधुरै रहने नभएर यस आयोगले कामलाई सम्पन्न गरेरै जाने भएकोले अबका दिनबाट गरिने काम ठोस हुने बताउनुभएको छ । चौधरीले कानूनमा व्यवस्था भए अनुसार आयोगले अक्षरसः पालना गरी सत्य र सहि ढंगबाट काम हुने दावी समेत गर्नुभएको छ । उहाँले आयोगको कार्यनीति प्रस्तुत गर्दै सुनाए, स्थानिय निकायका वडामा यसको प्रमुख भुमिका रही वडा अध्यक्ष र वडा सदस्यहरुले सुकुम्वासी र अव्यवस्थित वसोवासीको पहिचान गर्ने र फारम भर्ने काम लगायतका काम, कर्तव्य बारे पाठ गराउनुभयो ।

उहाँले कस्तालाई सुकुम्वासी र अव्यवस्थित वसोवासी भन्ने साथै भुमी वितरणमा कुन क्षेत्रका जग्गा र कत्तिको परिमाणमा वितरण गर्ने ? यस बारेमा समेत अध्यक्ष चौधरीले सुध्याउनुभएको थियो । यसको मापदण्डका कार्य स्थानिय निकायका जनप्रतिनिधिहरुले वडा स्तरमा गर्नेछन् ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका नगर प्रमुख बसन्त कुमार मिश्रले सुकुम्वासी र अव्यवस्थित परीवारलाई भूमी उपलब्ध गराउँन त्यत्ति सजिलो त छैन तर पनि यो काम गर्न अति आवश्यक ठानेका छन् । यस कामबाट समाजमा भएका सुकुम्वासी र अव्यवस्थित घर परीवारमा परिवर्तन ल्याउँन मद्घत पुग्दछ उनले भने, यो काम गर्दा आफ्नो कार्यकालमा कुनै हालतमा पनि भेदभाव तथा पक्षपात हुदैन ।

सप्तरी आयोगका बुुद्घिजिवी सदस्य जयप्रकाश ठाकुर, महिला सदस्य गीता पौडेल, नगर उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, सञ्चाकर्मीहरु, संघ संस्थाका प्रतिनिधि, कर्मचारी र कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रम नगरपालिका प्रशासन शाखाका अधिकृत राजेश यादवले सञ्चालन गर्नुभएको थियो भने वडा नं. १ का वडाध्यक्ष मो करिुम सेखले स्वागत मन्तव्य राख्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page