समाज

सप्तरीको कञ्चनरुपमा ट्रकले ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु

कञ्चनरुप (सप्तरी), ६ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–११ स्थित पूर्व पश्चिम सडकखण्डमा आज बिहान ट्रकले ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चित तर्फ जादै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको ना ६ त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक बारा जिल्ला दक्षीण झिटकैया वडा न.८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी घाईते भएका थिए र उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागी सोही अस्पतालमा राखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page