समाज

सकरात्मक सोंच र धारणाले समाजमा परिवर्तन आउँछ : नगर प्रमुख मिश्र

कञ्चनरुप (सप्तरी) , १० चैत्र । नगर प्रमुख बसन्त कुमार मिश्रले गाउँघरमा हुने सानातिना विवाद तथा झैं भगडालाई गाउँमै समाजले मेलमिलाप एवं सहमति गर्ने वातावरणको आवश्यकता रहेको बताउँनु भयो । समाज भित्र हुने कुनै पनि गतिविधि तथा गलत प्रवृत्तीको निगरानी समाजले नै गर्नु पर्छ र त्यसलाई सुधार गरेर लैजाने वातावरण निर्माण गर्न सकेनौ भने समाजमा नकरात्मक विकृत्ति जन्मन्छ ।
म्ांगलवार कञ्चनरुप नगरपालिकाको कार्यालय कञ्चनपुरको आयोजनामा वडा नम्वर १२ को सभाहलमा आयोजित न्याय सम्पादन प्रकृया सम्बन्धी समुदायमा आधारीत सचेतना मुलक कार्यक्रममा प्रमुख अतिथीको आसनबाट नगर प्रमुख मिश्रले भन्नुभयो, समाजको धारणा तथा सोचाईलाई परिवर्तन गर्न सकेनौं, अपनत्वको भावना र माया ममता भन्ने वस्तु भित्रैबाट हटेर गएको कारण आज हरेक समाजमा विवाद एवं तनाव बढेर गएको छ ।

हाम्रो बानी नै छ कुरा लगाउँने, झैं भगडा गराउँने यत्तिमात्र की आफ्नै घरका परिवार बीचमा पनि भिन्नता र भेदभाव वा पक्षपात गरिन्छ । अनुशासन र ईमान्दारीता भन्ने चिज अधिकांशसंग नरहेको बताउँदै कमसेकम आफ्नो बानीलाई त सुधारौै, पहिला आफु सुध्रिएपछि अनी अरुलाई त्यहि बाटोमा लैजान सकिन्छ र समाजमा सकरात्मक विचार आउँन थाल्दछ र समाज विकासका पक्ष खोजी गर्न थाल्नेछ नगर प्रमुख मिश्रले धारणा व्यक्त गर्नुभयो ।
यस्तै नगर उपप्रमुख निरु पोखरेलले अहिलेसम्म न्यायिक समितिमा सम्बन्ध बिच्छेदको मुद्घा बढी आएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, गाउँघर, समाजमा हुने वादविवादलाई मुद्घाको रुपमा लिइएर नगरपालिकामा जाने गरेका छन् तर म चाहान्छु यस्ता सानातिना कुराहरु गाउँघरमै मिले हुन्थ्यो यधपी न्यायिक समितिसम्म नपुगोस् । अरु वडाको तुलनामा वडानम्बर १२ मा भने मुद्घा कमै गएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
वडा नम्बर १२ का १२ वटै टोलका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत डेढ दर्जन सहभागीहरुलाई वडा ८ का वडा अध्यक्ष र वडा ९ का वडा सदस्य तथा न्यायिक समितिका सदस्यद्वय राज कुमार साह र उमाकान्त (हरी )शर्माले न्यायिक समितिको अधिकार क्षेत्रका बिषयहरु माथी पाठ गराउँनु भएको थियो ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) र (२) माथी भएका मुद्वालाई के कसरी निरुपण गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो । १२ नम्बर वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो आयोजित कार्यक्रमलाई वडा ७ का सचिव मीरा भट्टराईले प्राविधिक सहयोग पु¥याएको जानकारी गराएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page