समाज

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा १५ वर्षीया किशोरीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

डोटी , १० चैत्र । अछाममा मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा पड्किँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।
मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page