डम्बर राई – उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ११ चैत्र । हरवा चरवाका जीवन स्तरलार्ई उकास्न विभिन्न खाले कार्यक्रमहरु संचालन गर्दै आउने क्रमको पछिल्लो समयमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा १२ स्थित मोेहनपुरमा र गैरी सदा टोलमा तपेश्वरी समाज कल्याण संघ राजविराजले डाटा लिने काम गरेका छन् ।
बुधवार नवज्योती हरवा चरवा दलित महिला कृषक समूह मोहनपुर र माता जानकी हरवा चरवा महिला बचत तथा ऋण समूह गैरी सदा टोलमा भेलाको आयोजना गरी समूहले गरेका सम्पूर्ण कामको संगै आय आर्जनको विवरण लिएको छ ।
फ्रीडम फोरमको सहयोगमा संघले विगत केहि वर्षदेखि विभिन्न सिपमुलक कार्यक्रम तथा तालीम दिदै सदस्यहरुका वालवालिकाहरुलाई अढाई बर्षसम्म ट्युशन गरार्ई ती वालवालिकाहरुका पाठ्य पुस्तक, स्टेशनरी, खेलका सामग्रीहरु उपलब्ध गराउँदै आएको समूहका अगुवा डिक बहादुर विकले जानकारी दिनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162094159_954902102004404_5892895898455743179_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162094159_954902102004404_5892895898455743179_n.png)
यस्तै स्वास्थ्य उपचारमा पनि समूहका केहि महिलाहरुलाई सहयोग पुर्याउँदै आएको छ । रातौंदिन अर्काको घरमा बनिबुतो एवं हरवा चरवाको काम नगरे चुल्होमा आगो नबल्ने यस्ता घरपरिवारका महिलालाई सिप दिन सके बाहिर कामको खोजिमा जानु नपर्ने र आफै आत्मनिर्भर बन्न सक्ने उद्वेश्यले यहाँ स्थित बनिबुतो गरी खाने घरपरिवारलाई समूहमा आबद्घ गराईएको भेलामा परियोजना संयोजक प्रदिप जोशीले बताउँनु भयो । वडा नम्बर १२ कै छुट्टाछुट्टै दुबै समूहमा २७ बरावरी सदस्य रहेकाछन् ।
यस नगरपालिकाको वडा ३, ११ र १२ मा गरी छ वटा समूहलाई संघले सहयो पुर्याउँदै आएको परियोजना संयोजक जोशीको भनाई छ । आयोजित कार्यक्रममा सहभागी महिलाहरुले समस्याको समाधानका लागि माँग राख्दै संस्थागत र व्यक्तिगत समस्याहरु औल्याएका थिए ।
उनीहरुले नगरपालिकाबाट अपेक्षा गरेका माँगप्रति आफु सम्वेदनसिल बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले नगरपालिकाको कार्यविधि अनुसार आवश्यक्तालाई हेरेर काम गर्न सकिने बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथिको आसन गर्नुभएका खडकाले हरवा चरवाको जीवन स्तर माथी उकास्न स्थानिय सरकारले यिनिहरुका लागि छुट्टै कार्यविधि निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गर्व गर्दै भन्नुभयो, कमसे कम तपाईहरुले आत्म निर्भर बन्ने प्रयास गर्दैहुनुहुन्छ र आफैले केहि उधम गर्न प्रयत्नसिल बन्नुभयो यो नै सवल पक्ष हो । संस्था वा समूहमा बसेर महिलाहरुले थोरै थोरै भएपनि रकम जम्मा गर्ने बानीको विकास गरेको छ यो अत्यन्तै जीवनका निम्ति उपयोगी छ । बचत गरेको रकमले आय आर्जन हुने खाले काममा लगाउन आग्रह गर्दै खडकाले अनावश्यक काम वा घरायसी खर्चमा यो जम्मा भएको रकम खर्च गर्नु नहुने बताउँनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162720422_944283056389888_6285374443684999898_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162720422_944283056389888_6285374443684999898_n.png)
उहाँले सिप विकासमा टेवा पुगेकाहरुले निर्धक्क, लगनसिल र मेहनेती भएर लाग्नुस, जानेको कामलाई सानो नभनी निरन्तरता दिइरहनुस् भन्दै हौसला प्रदान गर्नुभयो ।
नगरपालिकाले लघुवित्त कार्यक्रम संचालन गर्न कार्यविधि तयार गर्दै गरेको जानकारी दिदै यो कार्यक्रम तपाईहरुका लागि आउनेछन् साथै स्वास्थ्य विमा, सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुका लागि भूमी आयोगबाट प्राप्त हुने सेवा सुविधाका बारेमा सूचित गराउँनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162977036_438591243896506_1841227817383257930_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162977036_438591243896506_1841227817383257930_n.png)
प्रेस सल्लाहकार उत्तम प्रसाद आचार्य, कञ्चन सञ्चार समूहका अध्यक्ष डम्बर राई, परियोजना संयोजक प्रदिप जोशीले मन्तव्य राख्नुभएको थियो ।
धनमाया विकको अध्यक्षता रहेको कार्यक्रम समूह अगुवा डिक बहादुर विकले संचालन गर्नुभएको थियो । सो अवसरमा कञ्चनरुप नगरपालिकाका खानेपानी शाखाका प्रमुख अशोक केसी, समाजका अगुवा प्रेम बहादुर विक लगायतका आतिथ्य रहेको थियो ।
सहयोगी संस्था तपेश्वरी समाज कल्याण संघका संजय कुमार खंग र राधिका बस्नेतले सहजिकरण गर्नुभएको थियो भने गैरी सदा टोलमा लागेन सदाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163634745_1104358499990624_5142737168180272044_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163634745_1104358499990624_5142737168180272044_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment