समाज

हनुमाननगरको पोर्ताहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु ,एक घाइते

कञ्चनरुप (सप्तरी), ११ चैत । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका ३ पोर्ताहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल सवार कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का २० वर्षीय देवकुमार चौधरीको घटना स्थलमै मुत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्गको हनुमाननगर ककालीनी नगरपालिका ३ पोर्ताहा पेट्रोल पम्प स्थित गएराती ८ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना ७ ख ९३३९ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।
सोही दुर्घटनामा परेर मोटरसाइकल सवार कञ्चनरुप नगरपालिका ५ का बिजुली मुखियाको १९ वर्षीय छोरा प्रदिप मुखिया घाइते भएका छन ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page