खेलकुद

वडा स्तरीय फुटबल प्रतियोगिता : आजको खेलमा सप्तकोसी जनप्रीय युवा क्लव विजयी

शिव प्रसाद आचार्य /
फत्तेपुर (सप्तरी) , १२ चैत ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ स्थित सहिद रंगशालामा संचालित दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको बिहिवारको खेलमा वडा नं. ४ को सप्तकोसी जनप्रीय युवा क्लव विजयी भएको छ। कल्वले सप्तकोसी ९ कमलपुरलाई ० का विरुद्ध १० गोल को फराकिलो अन्तरमा जित हासिल गरेको हो।
बिहिवारको खेलमा विजयी टिमका लागि जर्सी नं. १० का हिमाल पराजुलीले ८ गोल गर्न सफल भएका थिए भने रबिन सदा र रबिन कठेतले थप एक एक गोल गरेका थिए। बिहिवारको खेलमा बिजयी टिमका हिमाल पराजुली म्यान अफ दि म्याच घोसित भएका थिए।
भोलि शुक्रवारको पहिलो खेल आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्व ए टिम फत्तेपुर र वडा नं. ६ बोचही बीच हुने छ भने दोस्रो खेल वडा नं. २ को डाफे युवा क्लव र वडा नं. ८ ओद्राहा बीच हुने आयोजक क्लवका अध्यक्ष अजय श्रेष्ठले बताए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page