राजनीति

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, पार्टीका सयौं नेता तथा कार्यकर्ता सहभागी

डम्बर राई /
कञ्चनरुप (सप्तरी) चैत्र १७ गते ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर पर्यटकीय क्षेत्रमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
होली महोत्सवसंगै राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलको जन्मदिनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो । मंगलवार आयोजित सो समारोहमा पार्टी र पार्टीका जनवर्गिय संगठनका दर्जनौं नेता तथा माननिय, साँसद, आयोग, कर्मचारी, युवा, महिला, सञ्चाकर्मी, अधिकारकर्मी लगायतका उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको औचित्यता बारे नेता प्याकुरेलले प्रकाश पारेका थिए ।

उनले यो सरकारले जनताबाट विश्वासको मत प्राप्त गरिसकेको संकेत गर्दै भने, हेर्दै जानुस् सरकार त एमालेले नै बनाउँछ र चलाएर देखाउँछ ।
यस्तै स्थायी समिति सदस्य, प्रदेश २ का इन्चार्ज तथा विपक्षी दलका नेता सत्य नारायण मण्डल, प्रतिनिधि सभा सदस्य सरीता गीरी, नेकपा एमाले जिल्ला संयोजक ताराकान्त चौधरी, कञ्चनरुप र सप्तकोशी नगर प्रमुखद्वय बसन्त कुमार मिश्र, उत्तम प्रसाद शर्मा, ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रिय सदस्य मुरारी कार्कीले धारणा व्यक्त गरेका थिए ।
उत्तम आचार्यद्वारा संचालित कार्यक्रमलाई नेता प्याकुरेलका स्वकीय सचिव अरविन्द्र कुमार झाले स्वागत मन्तव्य राखेका थिए । यस कार्यक्रम बाहेक नेता प्याकुरेलले विभिन्न संगठन तथा तह र तप्काका जिम्मेवारहरुसँग बसेर संगठनको बारेमा बुझ्ने काम भएको छ ।

प्रेस चौतारी नेपाल सप्तरी शाखाका सञ्चारकर्मीहरुले वर्तमान परिवेशमा संगठनको अवस्था र पार्टी र सरकारले सञ्चारकर्मीहरुलाई हेर्ने दूरदृष्टीको सन्दर्भमा दर्शाएका थिए । समारोहमा धरमपुर युथ साँस्कृतिक टोलीका कलाकार भाइ बहिनीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page