अर्थतन्त्र समाज

सप्तकोसी नगरपालिकामा ६४ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

खगेन्द्र कार्की /
फत्तेपुर (सप्तरी), २० चैत ।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा ६४ औं राष्ट्रिय सहकारी दिवश विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ । जिल्ला सहकारी संघ सप्तरी र सहकारी समन्वय समिति सप्तकोसी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको ६४ औं राष्ट्रिय सहकारी दिवशको आयोजना गरिएको हो ।
विशेष कार्यक्रम राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड सदस्य ओम देवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीमा आबद्ध ८० वर्ष माथिका त्रियुगा सहकारी संस्थाले २० जना ,फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाले १५ जना मनकामना सहकारी संस्थाले ३ जना , रक्तमाला दुग्ध उत्पादक सहकारी संस्थाका १ जना गरि ३९ जना जेष्ठ सहकारी सेयर सदस्यहरुलाई हर्लिक्स फलफूल सहित खादा ओढाएर सम्मान गरिएको छ ।

२०१३ साल चैत २० गते चितवन जिल्लामा बखान सहकारी संस्था दर्ता भएको हो । सोहि दिनको सम्झनामा आज राष्ट्रिय सहकारी दिवस मनाइँएको हो ।
सहकारी विभागका अनुसार देशभर सहकारीको संख्या ३० हजार पुगेको छ । सहकारीले ८८ हजार ३ सयलाई रोजगारी दिएका छन् । सहकारीमा ७५ लाख मानिस आबद्ध रहेको प्रमुख अतिथि ओम देवी मल्लले बताउनुभयो ।
कुल गृहस्थ उत्पादनमा सहकारीको योगदान बढ्दै गएको सहकारीका अगुवाहरूको दाबी छ । तर ठोस रूपमा कुल गृहस्थ उत्पादनमा सहकारीको योगदानको अध्ययन हुन नसकेको मल्लले बताउनुभयो । सहकारीले १० खर्बको कारोबार गर्दै आएको छ ।

रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् । प्रदेश नं. २ मा अझै पनि सहकारी ऐन बन्न नसकेकोले अझै पनि प्रदेश नं. २ सहकारी क्षेत्रमा पछाडि परेको मल्लको भनाइ रहेको छ ।
६४ राष्ट्रिय सहकारी दिवशको अवसर आयोजना गरिएको बिशेष कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य शिब डागि,जिल्ला सहकारी संघका अध्यक्ष बिनोद द्त्त,राष्ट्रिय सहकारी बैंक सन्चालक सदस्य तथा प्रदेश नं. २ का संयोजक विश्व नाथ मण्डल, महुलि दुग्ध उत्पादक सहकारीका अध्यक्ष दुर्गा भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।

६४ औँ राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको छ । सहकारी समन्वय समिति सप्तकोसी नगर संयोजक शम्भु बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम मनकामना बहुमुखी सहकारीका स –ब्याबस्थापक दिपक खडकाले सन्चालन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page