समाज

सप्तरीको बोदे बर्साईनमा बाल्टिनमा भरेको पानीमा डुबेर १६ महिने नाबालिकाको मृत्यु

कञ्चनरुप (सप्तरी) , २० चैत । सप्तरीको बोदे बर्साईन नगरपालिकामा बाल्टिनमा भरेको पानीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ ।
जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ मधुवनका देवीन यादवकी १६ महिने छोरी अस्मिता कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कपडा धुनको लागि ठूलो बाल्टीनमा पानी भरेरे राखेको अवस्थामा नाबालिका खेल्ने क्रममा बाल्टीनमा खसेपछि निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासमानले जानकारी दिनुभयो ।
नाबालिकाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page