बृजमान तामाङ /
बिरेन्द्र बजार, २१ चैत । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यथास्थितिमा पार्टी ओलि नेतृत्व सरकारमा नजाने बताएका छ्न । थारुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा शनिबार सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघिदहमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले रेशम चौधरीलाई रिहा नगरे सम्म तथा थरुहट र मधेश बिद्रोहका क्रममा लगाएका झुठो मुद्वा निसर्त फिर्ता नलिएसम्म जसपा सरकारमा नजाने स्पष्ट पारे । जसपालाई सरकारको भन्दा आफ्ना मुद्वा र नेताकार्यकर्ताको चिन्ता छ, नेता महतोले भने, सरकारमा जाने भन्ने नियोजित हल्ला मात्र बढी भयो उनले थपे ,जसपाले यस्तो कल्पना समेत गरेको छैन ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168861879_916874919144554_8378726385311091776_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168861879_916874919144554_8378726385311091776_n.jpg)
नेता महतोले सरकारसंग रेशम चौधरीको रिहा सहित राजबन्दिहरुको मुद्दा फिर्ताको लागि सरकारसंग कुरा अघि बढाएको स्वीकार गरे । हाम्रो मुद्वाको बारे सरकारसंग किन सम्बाद हुन सक्दैन नेता महतोले भने, सरकार सबैको साझा हो बोल्नै मिल्दैन ? महतोले जसपाले ओलिसंग आफ्ना माग राखेको हैन,देशको प्रधानमन्त्रीसंग राखेको हो,कुरा राख्नु नहुने र ओलिसंगै सती गईहाल्छ ? महतोले जसपालाई बिश्वको कुनै तागतले फोड्न नसक्ने समेत दाबी गरे । वरिष्ठ नेता महतोले मिडियाले जसपा फुट्छ , धेरै धार छ्न भन्ने गलत प्रचार गरेले हल्ला पछाडि नपर्न आग्रह गरे ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि साभा सदस्य तेजुलाल चौधरीले माननीय रेशम चौधरीलाई निसर्त रिहाई गर्नुपर्ने बताए । साँसद चन्द्रकान्त चौधरीले प्रतिगामी ओलि सरकारलाई पार्टीले समर्थन नगर्ने बिश्वास व्यक्त गरे।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168821438_197317938557161_3471118144105266366_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168821438_197317938557161_3471118144105266366_n.jpg)
थारुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यबाहक संयोजक श्रावण थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य नमिता चौधरी, आदिबासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखी, महासंघ उपाध्यक्ष गोबिन्द छ्न्त्याल, नागरिक अगुवाजरु डा. भास्कर गौतम, डा. दोभान राई, थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रचार बिभाग प्रमुख मीन चौधरी, थारुहट थारुवान मोर्चाका केन्द्रिय सदस्य प्रभा चौधरी, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ लगायतकाले सम्बोधन गर्दै अधिकार प्राप्तिका लागि सम्पुर्ण उत्पीडित समुदाय एकजुट भएर शसक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
थारुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारुद्वारा संचालित कार्यक्रममा स्वागत थरुहट थारुवान महिला मोर्चाका राष्ट्रिय संयोजक प्रेमा लावती थारुले गरिन । भेलामा कैलाली, कंचनपुर, चितवन, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहाका गरि देशैभरका थारुहरुको उपस्थित रहेको थियो । भेलामा थारुहट थारुवानको अभियानमा एकताबद्ध हुन हस्ताक्षर संकलन समेत गरिएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168500351_354692942569871_1939170712221943681_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/168500351_354692942569871_1939170712221943681_n.jpg)
कार्यक्रममा टिकापुर बिद्रोहमा घटेको घटनालाई चरितार्थ गर्दै चर्चित राष्ट्रिय कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment