राजनीति

समाजको परिवर्तन र विकास निर्माणका कार्यहरुमा युवाहरु एकजुट भएर लाग्नुपर्ने :प्रदेश २ इन्चार्ज मण्डल

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , चैत २१ गते ।
समाजको परिवर्तन र विकास निर्माणका कार्यहरुमा युवाहरु एकजुट भएर लाग्नुपर्ने नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलले बताउनुभयो ।
शनिवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रुपनगरमा नेकपा एमाले नगर कमिटीद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै मण्डलले सो कुरा बताउनु भएको हो ।

समृद्ध नेपाल र सुशी नेपाली बनाउने नारालाई सार्थक बनाउन युवाहरुको प्रमुख दायित्व रहेको र पार्टीको निति निर्देशनलाई पालना गरी पार्टीको संगठनलाई मजबुद बनाउने अभियानमा जुट्न मण्डलले युवाहरुलाई आग्रह गर्नुभयो ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले युवाहरु सक्रिय रुपमा अघि बढेको ठाउँमा विकास निर्माणले तिब्रता पाएको उदाहरण पस्कदै कञ्चनरुपका युवाहरु पनि संगठित भई समाजलाई परिवर्तन गर्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।
राजनैतिक क्रान्ति सम्पन्न भइसकेकाले अब नेता कार्यकर्ताहरुले आर्थिक क्रान्ति गरी सामाजिक रुपान्तरण गर्ने अभियानमा जुट्नुपर्नेमा मिश्रले जोड दिनुभयो ।

नेकपा एमालेका जिल्ला कमिटिका सदस्य लक्ष्मी मण्डल, पेशल जोशी, ओविसि महासंघका केन्द्रिय प्रवक्ता मनाइ महतो , उच्च अदालत राजविराज बार एसोसिएशनका उपाध्यक्ष श्याम पोखरेल, प्रेस चौतारीका उत्तम आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य संजय पासवान, केन्द्रिय सदस्य मनिष श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता राजकुमार साह, लगायतका वक्ताहरुले अनुशासीत भई युवाहरुले अब समाजमा रचनात्मक क्रियाकलाप संचालन गरी पार्टीको संगठन चुस्त दुरुस्त बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
सोही कार्यक्रमबाट जैनुदिन मियाँको अध्यक्षतामा १ सय ५ सदस्यिय राष्ट्रिय युवा संघ नेपालको कञ्चनरुप नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सह–सचिव, र कोषाध्यक्षमा क्रमश ः अजय कुमार पासवान, धर्मेन्द्र थापा मगर, विदुर कुमार गुप्ता र बसन्ती देवी चौधरी रहेका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य मण्डलले सपथ ग्रहण गराउनुभएको थियो भने नेकपा एमालेका कञ्चनरुप नगर कमिटिका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page