समाचार

प्रेस चौतारी सप्तरी शाखाका अध्यक्ष कार्की पत्रकार महासंघ सप्तरी शाखाको सदस्य पदमा निर्वाचित

कञ्चनरूप , २७ चैत । प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष खगेन्द्र कार्की नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सदस्य पदमा गोला प्रथाद्वारा निर्वाचित भएपछि राजविराज र रुपनगरमा प्रेस चौतारी नेपाल र राष्ट्रिय युवा संघ नेपालले सम्मान गरेको छ ।
आज नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय राजविराजमा ४ जनाको समान ४४ मत आएपछि कार्की गोला प्रथाद्वारा सदस्य पदमा निर्वाचित हुनु भएको हो ।

निर्वाचित भए पश्चात् राजविराजमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष मनोहर कुमार पोखरेल र सुखराम यादवको नेतृत्वको टोलीले कार्कीलाई अबिर माला र गम्छा लगाई सम्मान र बधाई दिनुभएको थियो ।
सो अवसरमा चौतारीका उत्तम आचार्य , पुनम पोखरेल , प्रेस मन्च नेपालका सुभचन्द्र झा , प्रिया सिंह थारू र समाजका अगुवा व्यक्तित्वहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो ।

त्यसैगरी रुपनगरमा राष्ट्रिय युवा संघ नेपालका कञ्चनरूप नगर कमिटी अध्यक्ष जैनुदिन मियाँ र प्रेस चौतारी नेपालका जिल्ला सदस्य उत्सव आचार्यको नेतृत्वको टोलीले कार्कीलाई खादा अबिर लगाई सम्मान गर्नुका साथै बधाई समेत दिनुभएको थियो ।
सो अवसरमा युवाहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page