खेलकुद

३९ औ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी अग्नीसाईर फुटबल टिमलाई

बृजमान तामाङ /
बिरेन्द्र बजार, २९ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ स्थित घोघिदाह खेलमैदानमा संचालित ३९ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि अग्नीसाईर फुटबल टिम सितापुर सप्तरीले हात पारेको छ ।
आईतवार सम्पन्न फाईनल खेलमा गाईघाट फुटबल कल्व उदयपुर गाइघाटलाई ४ को विरुद्ध ५ गोलले पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो ।

दुबै टिम बिच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित ७० मिनेटको खेल अबधिभर गोल हुन नसकेपछि प्लान्टी मार्फत खेलको छिनोफानो गरेको थियो । प्लान्टीमा अग्नीसाईर फुटबल टिम सितापुर सप्तरीले लगातार ५ गोल गरे भने गाईघाट फुटबल टिम उदयपुर गाईघाटले ४ गोल गरे ।

बिजेता र उपबिजेता टिमका खेलाडी हरुलाई एक समारोहका बिच प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पुरस्कार बितरण गरे ।
फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष रामदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले बिजेता टिमलाई नगद ५१ हजार सहित शिल्ड, प्रमाणपत्र, मेड्ल प्रदान गरे । यसैगरि उपबिजेता टिमलाई नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र मन्त्री साहले प्रदान गरे ।

समापन समारोहमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी लगायतका ६ वटै वडाका वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।
प्रतियोगितामा सप्तरी, सुन्सरी, मोरङ, सिराहा, उदयपुर, झापा, महोत्तरी, धनुषा,सर्लाहीका गरि विभिन्न १२ वटा फुटबल टिमको सहभागीता रहेको प्रतियोगिता आयोजक समितीका सल्लाहकार शम्भु चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page