समाचार

पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिबृद्धिमा सहयोग गर्न तत्पर छु : अध्यक्ष चौधरी

बृजमान तामाङ /
बिरेन्द्र बजार, १ वैशाख ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिबृद्वीमा सहयोग गर्न गाउँपालिका तत्पर रहेको बताउनु भयो ।
सप्तरीको राजबिराजमा बुधबार आदिबासी जनजाती पत्रकार महासंघ सप्तरीद्वारा आयोजित नयाँ वर्ष २०७८ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रम बोल्दै अध्यक्ष चौधरीले पत्रकारको पेशागत सुरक्षा तथा क्षमता अभिबृद्वी गर्न एवं संचार क्षेत्रको समग्र विकासमा सहयोग गर्न गाउँपालिका सधैं तत्पर रहने बताउनुभयो । पत्रकारकारिता पेशा आफैंमा सम्मानित र चुनौतीपूर्ण पनि छ, अध्यक्ष चौधरीले भन्नुभयो, पत्रकारिता पेशालाई नजिकबाट हेरेको छु ,पत्रकारलाई छेउ लगाएर विकास र समृद्धिको कल्पना समेत गर्न सकिदैन, उहाँले थप्नुभयो, पत्रकाकारिता पेशाको सुरक्षा, संचारकर्मीहरुको क्षमता अभिबृद्वीको साथै संचार क्षेत्रको समग्र विकासमा गाउँपालिकाले निरन्तर सहयोग गर्न तत्पर छ ।


पत्रकार विकास र समृद्धिका महत्वपूर्ण पाटो भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष चौधरीले कुनै पनि निकायको सफलताको लागि पत्रकारहरुको सहयोग अपरिहार्य हुने बताउनुभयो । उहाँले पत्रकारहरुको समस्य र पेशागत सुरक्षा, पत्रकार उत्पादनका लागि सबै पालिका प्रमुख सँग अन्तरसम्बाद गरि निकासका लागि योजना बनाउन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले पत्रकार महासंघ सबैको साझा र समाबेशी हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघको विधान मस्यौदा समितिमा बसेर पत्रकार महासंघ सबै वर्ग समुदाय र लिङ्गको साझा र समाबेशि बनाउने प्रयत्न गरेको चर्चा गर्दै झाले महासंघलाई पूर्ण समानुपातिक समाबेशी बनाउनु आबश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारितामा आदिबासी पत्रकारहरुको आकर्षणमा कमि देखिएको बताउँदै उहाँले आदिबासी पत्रकारहरूलाई प्रोत्साहन गर्न आदिबासी समुदायका जनप्रतिनिधि र अगुवाहरुलाई अग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित अध्यक्ष श्रावण देवले आदिबासी जनजाति पत्रकारहरुको महासंघमा उपस्तिथि सुनिश्चितताको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महासंघका नवनिर्वाचित उपाध्यक्ष बैधनाथ यादव, पत्रकार एवं मानव अधिकारकर्मी मनोहर पोखरेल, प्रेस मन्च नेपालका केन्द्रिय सदस्य नविननरसिंह नेपाली, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव एवं नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ तामाङ, बिष्णुपुर गाउँपालिकाका कार्यक्रम अधिकृत सुभाष मण्डल, लेखक तथा प्राध्यापक भाषाबिद महेश चौधरी, आदिबासी जनजाति महासंघ राजबिराजका नगर अध्यक्ष अनार चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।


आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष कृष्णा कुमार मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य रामनाथ चौधरीले गर्नुभयो ।
सोही अवसरमा आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नवनिर्वाचित अध्यक्ष श्रावण देव, प्रदेश परिषद सदस्य बृजमान तामाङ, जिल्ला कार्यसमिति सदस्य कृष्णा कुमार मण्डललाई सम्मान गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page