समाज

सप्तरीको पूर्वपश्चिम राजमार्ग आसपासमा चोरीको घटना वृद्धि, स्थानीय त्रसित

बृजमान तामाङ /
बिरेन्द्र बजार, ७ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका र अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको सडक आसपासका बस्तीहरुमा चोरीको घटना वृद्धि हुन थालेपछी स्थानीयबासी त्रसित भएका छ्न् ।
सवारी साधन,किराना पसल, सवारी पाटपूर्जा, पशुचौपाया दिनहु जसो चोरी हुन थालेपछी स्थानीयबासी त्रसित भएका हुन । राती सुनसान भएपछि सबैजना सुतेको मौका छोपेर चोरी हुने गरेको स्थानीयले बताएका छ्न् ।
रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारबाट सोमबार राती सृष्टि निर्माण सेवाको न ६ त ९८५८ नम्बरको ट्याक्टरको रिङ्ग सहित टायर चोरी भएको छ । घर छेउमा पार्किङ गरि राखेको ट्याक्टरको टायर रातारात चोरी भएको सृष्टि निर्माण सेवाका संचालक कैलाश लौगीले बताउनुभयो ।

डोजर, ट्याक्टर सहितका सवारी साधन घर अगाडि पार्किङ गरि राखेको थिए, लौगीले भन्नुभयो, बिहान उठेर हेर्दा नयाँ ट्याक्टर कै पछाडीको टायर खोलेर लगेको थाहा भयो । लौगीले चोरी भएको ट्याक्टरको टायरको खोजतलास र चोरीमा संलग्नहरुको खोजी गरि कारबाहीका लागि प्रहरीमा उजुरी समेत दिएको जानकारी दिनुभयो । सो ट्याक्टरको रिङ सहित टायरको मूल्य ५० हजार भन्दा बढी हुने संचालक लौगीले बताउनुभयो ।
एकसाता अगाडि अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा महादेव माझीले संचालन गरेको किराना पसलमा चोरी भएको थियो । माझीको किराना पसलबाट चोरहरुले ढोकाको ताल्चा फोरेर ३० हजार भन्दा बढीको सरसामान चोरेर लगेको माझीले बताउनुभयो ।

यी दुई चोरीको प्रतिनिधि मुलक घटना मात्र हुन । यस क्षेत्रमा दिनहु पशुचौपायाँ, किराना पसल, मोटरसाइकल, सवारी सधानको पाटपुर्जा सहितका सामाग्री चोरी हुने गरेपनी चोरीमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
दैनिक चोरी हुदा समेत चोरीमा संलग्न चोरहरुको गिरोह पत्ता नलाग्दा चोरी हुने चिन्ताले राती चैनले सुत्न समेत नपाएको स्थानीयबासीले गुनासो गरे । दैनिक चोरीको घटना वृद्धि हुन थालेपछी स्थानीय बासी त्रसित भएका छ्न् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page