समाचार

सामाजिक विकास शाखाद्वारा ४८ जना बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण

उत्तम आचार्य –
कञ्चनरुप (सप्तरी) ।
कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा कञ्चनपुर सप्तरीले विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।
मंगलबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरिएको हो ।

नियमित रुपमा विद्यालय जाने , आमाबुबा नभएका, ३ महिना भन्दा कम वा ३ महिनासम्म खान पुग्ने, ज्याला मजदुरी गरी जीवननिर्वाह गर्ने, सिमाङ्कृत , दलित समुदायको बालबालिकालाई प्राथमिकतामा राखेर आधार बनाई एउटा वडा बाट २ जनाबालक र २ जना बालिका गरी ४ जनाका दरले १२ वटै वडाका ४८ जना बालबालिकाहरुलाई स्टेशनरीसामान वितरण गरिएको सामाजिक शाखाकी महिला विकास अधिकृत सुशिला कुमारी चौधरीले जानकारी दिनुभयो ।
एक जनालाई कापि १२ थान, डटपेन २० थान, पेन ५ थान, जोमेट्रीक्स बक्स १ थानका दरले वितरण गरिएको सामाजिक विकास शाखाकी अधिकृत भावना घिमिरेले बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले आजको युगमा शिक्षाको ठुलो महत्त्व रहेकोले आफ्नो बालबालिकाको उज्वल भविष्य हेर्न चाहने हो भने आफ्ना बालबालिकाको पढाई लेखाइका साँथै स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
नगर प्रवक्ता राजकुमार साह, सामाजिक विकास संयोजक एवम् १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री, वडा नम्बर ६ का वडा अध्यक्ष मो. जिवरील लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवानन्द चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page