मंगलबार, २५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, २५ कात्तिक २०८३
समाचार

हनुमाननगर कंकालिनी नपाद्वारा कोरोना नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भूपदेव माली /
राजविराज , ०७ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको स्वास्थ्य शाखाद्वारा कोभिड –१९ लगायत विभिन्न महामारीजन्य रोगहरुको रोकथाम निगरानी तथा नियन्त्रणका लागि अन्तरक्रिया तथा पीआरटी परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
नगरको वडा नं. ८ योगिनियाँको वडा कार्यालय सभाकक्षमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख रामदेव यादवले गर्नु भएको थियो भने कार्यक्रम संचालन शाखाका अधिकृत राजेश्वर प्रसाद रायले गर्नु भएको थियो ।
नगरका सम्पूर्ण स्वास्थ्य केन्द्र एवं अस्पतालका स्वास्थ्यकर्मी प्रतिनिधिहरु सहभागी भएको सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामदेव यादवको संयोजकत्वमा एक नगर स्तरीय पीआरटी समिति परिचालनका लागि एआरटी समिति गठन गरिएको छ ।
गठन गरिएका सो समितिले नगर क्षेत्रमा कोभिड–१९ संक्रमण फैलिन नदिन हरेक प्रकारले निगरानी गर्दै बाहिरका विदेशबाट आएका मानिसहरुलाई स्वास्थ्य परिक्षण तथा होम क्वारन्टाईन गराउनुको सँगै कोरोना संक्रमणबाट जोगिन जनचेतना कार्यक्रम समेत परिचालन गरिने बताएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन र सो सम्बन्धी हरेक कार्य गर्न नगरपालिकाले पूर्ण तयार रहेको कुरा कार्यक्रममा स्वास्थ्य प्रमुख यादवले बताउँदै हामी स्वास्थ्य सुरक्षा प्रदान गरिने स्वास्थ्यकर्मी भएकोले आप्mनो कर्तव्यलाई जिम्मेवार साथ वहन गर्ने बताउनु भयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page