समाचार

जिल्ला प्रशासन कार्यालय सप्तरीले बार अनुसार सेवा दिने (सूचना सहित)

कञ्चनरुप (सप्तरी) , १० वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको छ ।
प्रशासनले आज शुक्रबार एक सूचना जारी गर्दै वैशाख १२ गते आइतबारदेखि बार अनुसार पालिकाहरुलाई पालैपालो सेवा प्रदान गर्ने जनाएको छ ।
सूचना अनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।
यसैगरी बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन हुने सूचनामा उल्लेख छ ।
कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ भने २ मिटरको सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्न भनिएको छ ।
सप्तरी जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page