बृजमान तामाङ /
बिरेन्द्र बजार, ११ बैशाख । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का एक ३० वर्षिय मृगौला पिडितको उपचारमा समस्या भएको छ । खर्च जुटाउन नसक्दा स्थानीय महेश कुमार बिश्वकर्माको उपचारमा समस्या उत्पन्न भएको हो ।
शरीरको दुबै मृगौला फेल भएको बिश्वकर्माको भारतको दर्भङ्गामा उपचार भईरहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका बिश्वकर्माको सोही ठाउँमा दुबै मृगौला फेल भएपछि नेपाल फर्काई दिएको उनका दाजु उमेश बिश्वकर्माले बताए ।
करिव १ महिना अगाडि स्वदेश फर्किएको भाईको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य जाँच गराउदा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए । बिपि कोईराला स्वास्थ्य बिज्ञन प्रतिष्ठानका चिकित्सकहरुले दुबै मृगौलाले काम नगर्ने अबस्थामा रहेको हुदा मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको उनले जानकारी दिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/PhotoMixerUWP_4-24-2021_31217_PM-1024x576.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/PhotoMixerUWP_4-24-2021_31217_PM-1024x576.png)
धरानमा ३ पटक मृगौलाको डाईलोसिस गरेपछि थप उपचारका लागि भारतको दर्भङ्गा लगिएको उनले जानकारी दिए ।
भएको घरजग्गा साहुकोमा बन्दकी राखी बिदेश कमाउन गएको छोरा बिरामी भएपछि उपचारमा समस्या भएको मृगौला पीडितका बुवा श्रीराम बिश्कर्माले बताए । भएको सबै श्रीसम्पती साहुकोमा बन्दकी छ, श्रीरामले भने, आफान्त र पत्याउने जति सबैकोबाट ॠण काढेर छोराको उपचारमा लगाए । आर्थिक अभावले छोराको ज्यान जोगाउन कठिन भएको भन्दै पीडितका बुवाले सहयोगको लागि अग्रह गरे ।
आफ्नो जायजेथा सबै बेचबिखन गरे , श्रीरामले भने साहुले ॠण पत्याउनै छाडे, अब कसरी उपचार खर्च जुटाउनु । मृगौला पिडित छोराको बिपन्न उपचार साहायाता केन्द्रबाट प्राप्त हुने १ लाख सहयोगका लागि गाउँपालिकाबाट सिफारिस लिएको उनले जानकारी दिए ।
एक लाखले उपचार हुन नसक्ने भएकोले थप खर्च जुटाउनु समस्य आएको बिश्वकर्माले बताए । अस्पतालमा उपचारत छोराको स्वास्थ्य अबस्था झनझन कम्जोर हुँदै गएको जानकारी दिदै पीडितका बुवाले उपचार खर्च जुटाईदिन सबैसँग अपिल समेत गरे ।
मृगौला पीडित बिश्वकर्माको श्रीमति र एक ७ वर्षकी छोरी छिन् । साँझ बिहान हातमुख जोड्न पनि ज्याला मज्दुरी गर्नु पर्ने बाध्यता रहेको बिश्वकर्मा परिवारमा रोगले समस्या थपेपछी उनीहरुको बिचल्ली भएको छ ।
मृगौला पिडित बिश्वकर्मा करिव ३३ महिना मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनी चैत १८ गते घर आएका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/176672527_514180223092282_8461446477468831105_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/04/176672527_514180223092282_8461446477468831105_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment