खेलकुद

चेन्नेइले बैंग्लोरलाई १ सय ९२ रनको लक्ष्य दियो

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोर बीच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्नेईले बैंग्लोरलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।
चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो । उसका ओपनर रुतुराज गाइकवाद ३३ रनमा आउट भएपछि पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि सुरेस रैन ब्यक्तिगत २४ रनमा पेभेलियन फर्किदा चेन्नेईको स्कोर १ सय ११ रन थियो । तर लगत्तै फाफ डुप्लिसिस अर्धशतक बनाउँदै आउट भए । उनले ४१ बलमा ५ चौका र १ छक्को मद्तले ५० रन बनाए ।
त्यसपछि अम्बाती राइडुपनि १४ रनमा आउट हुँदा चेन्नेईले १ सय ४२ रनमा चौथो विकेट गुमायो ।
अन्तिममा रविन्द्र जडेजाले विस्फोटक अर्धशतक बनाए । उनले २८ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ६२ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले दुई रनको योगदान दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page