राष्ट्रिय

आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गरिने ,२२ गतेदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

काठमाडौं । सरकारले आज (सोमबार) रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
यस्तै भारतसँगको हवाई सेवा पनि केही समयका लागि बन्द गरिएको एक मन्त्रीले जानकारी दिए।
सरकारले कोभिड १९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

You cannot copy content of this page