समाचार

सप्तरीमा ९ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

कञ्चनरूप, भदौ २७ गते । सप्तरीमा ९ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बनैनिया सप्तरी र अन्य सुरक्षा निकायको संयुक्त टोलीले विशेष सूचनाका आधारमा राजगढ गाउँपालिका–३, झौरास्थित एक घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ९ किलो १०० ग्राम लागूऔषध गाँजा बरामद भएपछि एक जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई बरामद गाँजासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।

You cannot copy content of this page