समाचार

भरतपुरमा ईभी कारमा आगलागी हुँदा एक पुरुषको मृत्यु

चितवन, २६ भदौ । चितवनको भरतपुरमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको छ।

बिहीबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।

कारमा आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए।

मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान तथा आगलागीको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

You cannot copy content of this page