खगेन्द्र कार्की /
फत्तेपुर । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि “तपाईको माक्स खोइ”? अभियान अन्तर्गत वाइ सिएल नेपाल सप्तकोसी नगरकमिटिले सोमबार छ सय माक्स वितरण गरेको छ ।
कोरोना भाइरसको विश्वभरी फैलिएको दोश्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि वाइ सिएल नेपाल सप्तकोसी नगर कमिटिको आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण , यात्रु, सवारी चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/180028148_218711899643622_6782115264522629340_n-1024x550.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/180028148_218711899643622_6782115264522629340_n-1024x550.png)
आज मास्क वितरण गर्दै सचेतना फैलाउने काम गरिएको वाइ सिएल नेपाल केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज एजेट लामाले बताए ।
कोरोनाको दोश्रो लहर चलेको बेला दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सवैमा सचेतनाका लागि अभियान थालिएको लामाले बताए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment