समाचार

तपाईंको माक्स खै ? वाइसिएल नेपाल सप्तकोसी नगर कमिटिद्वारा निशुल्क माक्स वितरण

खगेन्द्र कार्की /
फत्तेपुर ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि “तपाईको माक्स खोइ”? अभियान अन्तर्गत वाइ सिएल नेपाल सप्तकोसी नगरकमिटिले सोमबार छ सय माक्स वितरण गरेको छ ।
कोरोना भाइरसको विश्वभरी फैलिएको दोश्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि वाइ सिएल नेपाल सप्तकोसी नगर कमिटिको आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण , यात्रु, सवारी चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।

आज मास्क वितरण गर्दै सचेतना फैलाउने काम गरिएको वाइ सिएल नेपाल केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज एजेट लामाले बताए ।
कोरोनाको दोश्रो लहर चलेको बेला दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सवैमा सचेतनाका लागि अभियान थालिएको लामाले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page