राजनीति

फेरिए प्रदेश प्रमुखहरु :गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेरेको छ ।
मन्त्रिपरिषद् बैठकले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिममा सप्तरीका गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजै नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गण्डकी पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) (ख) बमोजिम गण्डकी प्रदेश प्रमुख पदबाट अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखबाट शर्मिलाकुमारी पन्तलाई पद मुक्त गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page