समाचार

सप्तकोसी नगरपालिकामा बैशाख २२ गते देखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय

खगेन्द्र कार्की /
फत्तेपुर ।
सप्तकोसीमा दिन प्रतिदिन समुदायमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सप्तकोसी नगरपालिकाको स्थानीय आपतकालीन केन्द्रको २१ गते बसेको आकस्मिक बैठकले निर्णय गरेको छ।
सप्तकोसी नगरपालिकामा मेयर उत्तम कुमार शर्माको अध्यक्षतामा बसेको बसेको बैठकले नगरपालिकाबाट भोलि देखि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको सूचना जारि गरेको छ।
बैठकबाट कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा स्वास्थ्य सेवा अन्तर्गत कोरोना व्यवस्थापन सेवा, सरसफाइ सेवा, बाहेकका अन्य सेवाहरू बुधवार देखी वैशाख मसान्तसम्म सेवा प्रवाह नहुने निर्णय गरेको छ भने नगर क्षेत्रमा रहेको औषधि पसल बाहेक का सम्पुर्ण पसल ब्यापार ब्याबसाय हाटबजार पुर्ण रुप मा बन्द गर्ने अति आवश्यक पर्ने खाद्यान्न तरकारीका पसलहरु बेलुका ४ बजे देखि ७ बजे सम्म सामाजिक दुरि कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर सन्चालन गर्ने नगरक्षेत्र भित्र स्वास्थ्य सेबा प्रदान गर्ने दैनिक अति आवश्यक बाहेकका निजि तथा सार्बजनिक सबारि साधन हरु बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रसाशकिय अधिकृत रामदेव चौधरीले जानकारी दिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page