समाचार

कञ्चनरुप नगरपालिकामा होल्डीङ्ग सेन्टर स्थापना (सूचना सहित)

कञ्चनरुप , २३ वैशाख । कञ्चनरुप नगरपालिकाले आज बिहीबारबाट होल्डीङ्ग सेन्टर स्थापना गरेको छ ।
कार्यपालिकाको २०७८ साल वैशाख २२ गते बसेको बैठकको निर्णयानुसार कञ्चनरुप ८ स्थित रहेको सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुर सप्तरीमा होल्डीङ्ग सेन्टर स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस दोस्रो भेरियन्टको संक्रमणलाई न्यूनिकरण तथा रोकथाम गर्ने उदेश्यले भारत लगायत विदेशबाट नगरपालिका भित्र आउने व्यक्तिले अनिवार्य रुपमा होल्डीङ्ग सेन्टरमा स्वास्थ्य जाँच गराई घर जानुपर्ने स्वास्थ्य शाखाले जनाएको छ । चेक जाँच गराई घर गएपछि कम्तिमा १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।
स्वास्थ्य शाखाले आज एक सूचना जारी गरी सबै नागरीकमा जानकारी समेत गराएको छ । सूचनालाई अटेर गरेमा कडा कानूनी कारवाही गरिने सूचना मार्फत सबैलाई जानकारी गराएको छ ।
नगरपालिका भित्र लुकिछिपि आएको व्यक्तिको बारेमा स्वास्थ्यकर्मी , स्वास्थ्य शाखा, नगर प्रवक्ता राजकुमार साहलाई जानकारी गराउनु हुन समेत सम्पूर्ण नागरीक, महिला स्वास्थ्य स्वयंमसेवीका , राजनैतिक प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था प्रमुख र जनप्रतिनिधिहरुलाई सूचना मार्फत अनुरोध गरिएको छ ।

सम्पर्क गर्नुपरेमा श्याम सुन्दर साह (९८४२८२३२४५), विपिन कुमार झा (९८६२८६७१२९), सुरेन्द्र प्रसाद यादव (९८०४७१६०१०), नगर प्रवक्ता राजकुमार साह (९८५२८६०५३५) मा सम्पर्क गरि जानकारी दिन सक्नु हुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page